२ कार्तिक २०८३, आईतवार

चीनको श्रीलंकामा ऋणको पासो र नेपाल

एसीपी संवाददाता

७ चैत्र २०७८, सोमबार १३:०३ मा प्रकाशित

एसियाली मुलुक तथा सार्क सदस्य श्रीलंका यतिवेला चरम आर्थिक संकट बाट गुज्रिरहेको छ।चिनिया ऋणको भारले अन्योल ग्रस्त बनेको श्रीलंका आर्थिक हिसाबमा टाट पल्टने अबस्थामा रहेको छ।यस्को मुल कारण भनेको देसको कुल ग्राहस्थ उत्पादनले धान्न नसक्ने र उस्को क्षमता भन्दा ठूलो ऋण हो।चिन सङ लियको ऋणले श्रीलंका ठूलो संकटमा परेको छ।

कुनै बेलाको समृद्ध श्रीलंका चिनिया ऋणको चङ्गुलमा फसेपछी उसले ठुलो आर्थिक क्षती ब्यहोरी सकेको छ।बिसेसगरी बन्दरगाह निर्माणमा लियको ऋणको भारले उठ्न नसक्ने गरि थलिएको छ।अर्को तर्फ मल खरिद सम्झौतामा पनि श्रीलंकाले मार खायको छ।ऋणको जालो मा फसे पछि श्रीलंकाले चीन सरकार सङ सहुलियत प्रदान गर्न गरेको अनुरोध लाई चिनले अस्विकार गरेपछी श्रीलंकाको आर्थिक अबस्थामा सुधार हुन सकेन।श्रीलंकाको आर्थिक संकट भनेको नै चिनियाँ ऋण रहेको त्यहाका अर्थविधहरुले बताइ रहेका छन।

श्रीलंकामा २ बर्षको छोटो अबधिमा चिनियाँ ऋणले चरम आर्थिक संकट पर्न को कारण अध्यन  गर्दै नेपालले पनि चिनको ऋणको बिसयमा पुनर्बिचार गर्न जरुरी देखियको छ।नेपालले पनि चिनबाट विभिन्न परियोजना सम्पन्न गर्ने भन्दै ८ खर्ब भन्दा बढी ऋण रकम लिने कुरामा सहमती जनाइ सकेको छ,यो चीनिया ऋण नेपालको कुल ग्राहस्थ्य   उत्पादनले धान्न नसक्ने ऋण हो।

नेपालको पनि प्रमुख आम्दानिको श्रोत श्रीलंकाको जस्तो पर्यटन र बैदेशिक रोजगारी नै हो तर अर्थतन्त्रका कति सुचक हरुले चीनिया ऋण तिर्न यो नै पर्याप्त आम्दानी मान्दैन तसर्थ नेपाल पनि भबिस्यमा श्रीलंकाकै मार्गमा जान सक्ने अबस्था छ।चीनिया ऋणको बिस्तार कोभिडका कारण लामो समय देखि पर्यटन क्षेत्रमा आएको मन्दी र बैदेसिक रेमिट्यान्स आएको कमिले नेपालको अर्थतन्त्रमा पनि ठूलो दबाब सिर्जना सुरु भैसकेको छ।पछिल्लो समय श्रीलंकामा जस्तै नेपालमा पनि अपारदर्शी ढङले चिनियाँ ऋण स्विकार्न थालिएको छ।

लगानीको बिकल्प र सम्भाब्यता बारे छलफल नगरी लिइएका यस्ता ऋणले भबिस्यमा चरम आर्थिक संकट आउन सक्ने अवस्था छ।ऋण लियर आम्दानी हुन नसक्ने परियोजनामा लगानी गर्दा नै श्रीलंकाको अहिलेको अवस्था आएको हो।

नेपालले पनि त्यही बाटो समाती रहेको छ।जस्तो पोखरा एयरपोर्टका निम्ति चिनको एक्जिम बैक सङ बार्सिक २ प्रतिशत मा लियको करिब २५ अर्ब रुपैया ऋण १५ बर्समा सावाँ – ब्याज चुक्ता गर्न बार्सिक २ अर्बको आम्दानी हुनु पर्छ तर देश भरका एयरपोर्टले २ अर्ब नकमाएको अबस्थामा पोखरा एयरपोर्टले त्यस्तो रकम आम्दानी  गरेर सावा -ब्याज तिर्न सक्ने अबस्था छैन यसले ऋणको भार कम हुने होइन २५ अर्ब लियको ऋण 15 बर्ष पछि ४० अर्ब पुग्छ यसै बाट सुरु हुन्छ आर्थीक संकटको बाटो।

अर्थतन्त्रका हालका सुचकहरुले भन्दा पनि बढ्दो बैदेशिक ऋण र नेपालको सासकिय स्वरुपमा हुने खर्चले गर्दा हामी महङो प्रणाली तिर गएका छौ।पर्यटन र रेमिट्यान्सले जसो तसो चलेको हाम्रो मुलुकको अर्थतन्त्र ढिलो छिटो श्रीलंका कै बाटोमा पुग्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x