२ कार्तिक २०८३, आईतवार

नेपालमा २० जना चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

११ बैशाख २०७९, आईतवार १७:५५ मा प्रकाशित

काठमाडौँ— काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई पक्राउ गरेको अध्यागमन विभागले जनाएको छ । ।

पक्राउ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ ।

विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका चिनियाँलाई कानुनी कारवाही गर्न अध्यागमन विभागको जिम्मा लगाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x