२ कार्तिक २०८३, आईतवार

मोदीको लुम्बिनी भ्रमण, बुद्ध नेपालमै जन्मिएको स्वीकार, अफवाह फैलाउनेलाई गतिलो झापड

एसीपी संवाददाता

३० बैशाख २०७९, शुक्रबार ०७:५५ मा प्रकाशित

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको भ्रमण गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल मोदीले बुद्ध जयन्तीको अवसर पारेर टेक्दैछन् ।

मोदीको आगमनले भारतविरुद्ध चल्दै आएको एउटा अफवाहको अन्त्य हुने भएको छ । शक्ति केन्द्रले भारत विरोधी भावना सिर्जना गर्न बुद्ध भारतमा जन्मेको भनेर प्रचार गराउँदै आएकोमा नरेन्द्र मोदी सरकारले त्यसलाई तोड्ने भएको छ ।

अफवाह फैलाउने शक्ति केन्द्रलाई जवाफ दिँदै भारतले लुम्बिनी नेपालमा जन्मेको स्पष्ट सन्देशमात्रै दिनेछैन कि लुम्बिनीमा ठूलो भौतिक संरचना पनि बनाउनेछ। मोदीको नेतृत्वमा शक्ति केन्द्रले फैलाएको अफवाहलाई मोदी आफैले मेटाउनेछन् । भारतीय प्रधानमन्त्री मोदी आफै आएर यो कुरालाई स्वीकार गरेका छन् ।

बुद्ध नेपालमै जन्मेको स्वीकार गर्दै बुद्ध जन्मस्थलको दर्शन गर्न नेपाल आउँदैछन् । विश्वका दुईमात्र राष्ट्र हुन् भारत र नेपाल जसले हिन्दु र बुद्धिष्ट धर्मलाई एकसाथ मान्ने र अघि बढ्ने गरेका छन् । अरु देशमा यस्तो सम्बन्ध छैन जस्तो कि धार्मिक रुपमा नेपाल भारत बीच बहुआयामिक सांस्कृतिक सम्बन्ध छ ।

लुम्बिनी र बुद्धिस्टको सम्बन्ध छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएर भारत भ्रमणमा गए । भ्रमणका क्रममा काशी गएर हिन्दुत्व अंगाले । पुजापाठ गरे ।

अर्कोतिर मोदी भारतबाट नेपाल आएर लुम्बिनीमा पुजापाठ गर्दैछन् । यो दुई देशबीचको सम्बन्धमा बौद्ध र हिन्दु धर्म साझा हो, यो विश्वमा दुईटामात्रै मुलुक हो। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा बुद्ध सर्किट अगाडि बढाउन पनि भारतले चाहेको छ ।

मोदी भ्रमणमा बोदगया लुम्बिनी जोड्ने गरी काम अगाडि बढाउने सहमति हुनेछ । जसले दुईटा धर्म र देशको भाइचारामा अभिवृद्धि ल्याउने छ । पर्यटकलाई बढाउनेमा दुईमत छैन । दुवै देशको बृहत्तर हित हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x