२ आश्विन २०८३, शुक्रबार

नेपाल प्रेस युनियनको वरिष्ठ उपाध्यक्षका लागि प्रेम केसीद्वारा उम्मेदवारी घोषणा

एसीपी संवाददाता

३० असार २०७९, बिहीबार १०:२५ मा प्रकाशित

बाँके । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन ।

प्रेस युनियनको महाधिवेशन अगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुँदैछ ।

युनियनको आठौं महाधिवेशनबाट केन्द्रीय उपमहासचिव पदमा निर्वाचित केसीले यसपटक भने वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

केसीले सामाजिक सञ्जालमा लेखेका छन, “आदरणीय अग्रज तथा साथीहरुले शोकमा रहेको बेला पनि माया सद्भाव देखाएर यहि श्रावण ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषण गर्ने आग्रहलाई शिरोधार गदै आज गरूपुर्णिमाका दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । सबैको साथ सहयोगको आशा गरेको छु ।”

युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

बाँकेमा लामोसमय देखि पत्रकारीतामा निरन्तर सक्रिय केसी हाल अन्नपूर्ण पोस्टमा आवद्ध छन । श्रमजीवी पत्रकारहरुको हकहितका निम्ति उहाँ सँधै अग्रमोर्चामा देखिन्छन ।

त्यस्तै उनले नेपाल पत्रकार महासंघ बाँकेको पुर्व अध्यक्ष, पुर्व केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयाेजक भएर जिम्मेवारी सम्हाली सकेका छन ।

उनले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रिय वरिष्ठ उपाध्यक्ष पदमा मतदान गरि विजयी बनाउन आग्रह समेत गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x