उपाधक्षय बुढाले नेताहरुलाई धक्का दिएर बाहिर फाल्नु पर्छ भने पछि….
ने.वि.संघ कंचनपुर को आयोजनामा १ दिने कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
नेपाली काग्रेस पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा ने.वि.संघका केन्द्रिय अधक्ष्य दुजाङ शेर्पा प्रमुख अथिति रहेका थिए ।
बिशेस गरि कार्यक्रममा ने.वि.संघलाई कसरि चलाय बनाउन सकिन्छ र वर्तमान अवस्था बारे कुराकानी भएको थियो ।
कार्यक्रममा बोल्दै ने.वि.संघ कंचनपुरका उपाध्यक्ष बिक्रम बुढाले ने.वि.संघ चलायमान बनाउनका लागि सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिय ।
बुढाले,” गुट उपगुट भएकै कारणले बर्तमान अवस्थामा पुगेको र ने.वि.संघलाई चलायमान बनाउनका लागि गुट उपगुट बनाउने नेतालाई ढक्क दिएर बाहिर फाल्नु पर्ने समय आएको बताए” ।
ने.वि.संघ लाई चलायमान बनाउनका लागि गुट छोडेर सबैले संगठन निर्माण मा लग्नु पर्ने मा बुढाले जोड दिए ।
मुख्य तय कंचनपुर मा मात्रै ३ ओटा गुट रहेका छन् । गुट उपगुट र नेताहरुले बेवास्ता गरेका कारणले गर्दा संगठन नै धराप मा परेको छ ।
नेपाली काग्रेस पार्टी कार्यलयमा आयोजना भएको भेटघाट तथा अन्तरक्रयिा कार्यक्रममा नेपाल बधिार्थी संघका केन्द्रिय तथा स्थानीय सयौ नेता कार्यकर्ता को सहभागिता रहेको थियो ।


