काग्रेसभित्रै अव द्वन्द व्यवसाथापन गर्ने शुत्र छैन – ओम आचार्य
काठमाडौं – भाद्र २३/२४ मा जेनजी बाट देशमा उत्पन्न भएको परिस्थिती ले काग्रेसमा काग्रेसको संगठनमा भएको इतर समुह ले भन्ने गरेको अप्राकृतिक परिवर्तनले काग्रेस भित्र आपस आपसमै ठुलो द्वन्द निमत्याएको छ !यो द्वन्द संगठन भित्र मात्र नरहेर निर्वाचन आयोग हुदै सर्वोच्च अदालत सम्म पुगेको छ र अदालतको निर्णय पछी काग्रेसको द्वन्द व्यवस्थाप हुन सकेन ! पुन अदालतमा पुनरावलोकनको मुध्दा परे पछी दुवै समुहले अहिले रुख र चार तारा समेत प्रयोग गर्ने आधार पाएका छन ! अहिले को संस्थापन समुहले १५ औं महाअधिवेशन समेत सम्पन्न गरिसकेको छ! सभापतिमा गगन थापा भारी मतले निर्वाचित समेत भइ सकेका छन !संस्थापन इतर समुका पनि पन्धौ अधिवेशनको तयारीमा चार तारा र रुख चिन्हवाटै वाड अधिवेशन गर्दै केन्द्रिय अधिवेशनको तयारीमा जुटी सकेको छ!
मुल झगडा नै
चार तारा र रुखकै
अहिले काग्रेसको मुल झगडा भनेकै चार तारा र रुख कै हो !देउवा समुहले पनि सर्वोच्चमा हालेको पुनरावालोकन मुध्दावाट नै चार तारा र रुख प्रयोग गर्न पाइरहेका छन ! यो सुविधा पाउन्जेल यो समुह पाटी फुटाउन चाहादैन ! यही आकर्षणले अहिले सम्म देउवा समुहमा काग्रेस कार्यकर्ताहरु वसिरहन आपत्ति मान्दैनन र भन्छन चार तार र रुख हामी संग पनि छ! त्यति मात्र हैन काग्रेस भित्रका शिर्ष नेताहरु पनि यसै संग आवध्द रहेको वताउ छन !
अदालतमा रहेको विचाराधिन पुनरावलोकनको मुध्दा कसरी कस्तो फैसला आउछ !काग्रेस व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छ! पाटी भित्रको झगडा मा अदालतले गर्ने फैसला कस्तो हुन्छ त्यो त आफ्नो ठाउमा छ ! अहिले देखीएको काग्रेसको झगडा भनेको रुख र चार तारा कै हो !निर्वाचन आयोग ले गरेको फैसला र सर्वोच्चले गरेको फैसलाबाट पनि असन्तुष्ट भइ इतर समुह पुनरावलोकन सम्म पुग्दा अधिकारिकता मा रुख र चार तारा कै झगडा ले त्याहा सम्म पुर्याएको हो !
दल भित्रको झगडा नेपालमा मात्र हैन छिमेकी मित्र राष्ट्र भारतमा पनि दलको अधिकारिकताको विवाद अदालत सम्म पुग्ने गरेको छ ! मुध्दाको प्रकृती नेपाली काग्रेस र भारतको राजनीतिक दल को प्रकृती फरक भएपनि मुलत चुनाव चिन्ह र आफ्नो दलको लोगोकै रहेको देखिन्छ!
पुनरावलोकन को मुध्दाको फैसला संस्थापन या इतर समुह जस्को पक्षमा पनि हुन सक्छ ! तर त्यो भन्दा अर्को पनि फैसलाको सम्भावना छ ! मित्र राष्ट्र भारतमा यस्तै विसयको राजनीतिक दलको अधिकारिकता विवाद सम्बन्धी मुध्दा हेर्ने हो भने त्याहाको अदालतले राजनीतिक दलको विवाद मा गरेको निर्णय अर्थात फैसला हेर्ने हो भने नेपाली कैग्रेसको इतिहासमा त्यस्तो फैसला काग्रेसको मृत्यु बराबर हुन्छ !
भारतिय राष्ट्रिय काग्रेसमा अधिकारिकताको विसयमा निर्वाचन आयोग र अदालतले गरेको फैसला हेर्ने हो भने काग्रेसको चुनाव चिन्ह जोत्दै गरेको गोरुको जोडी चिन्हबाट गाइ र बाछोमा आउनु पर्यो अर्को पटक पुन विबाद हुदा त्यो निर्वाचन चिन्ह पनि खारेज स्थगित गर्दै हत्केलामा चुनाव चिन्हमा भारतिय राष्ट्रिय काग्रेस आइपुग्यो ! पाटी स्थापना हुदाको चुनाव चिन्ह हत्केला थिएन !
भारतिय रांष्ट्रिय काग्रेसमा मात्र है अन्यदलहरुमा पनि अधिकारिकता सम्बन्धी विवादमा अदालतले भारतिय राष्ट्रिय काग्रेसकै जस्तो चुनाव चिन्ह खारेज या स्थगित गर्दै नयाचुनाव चिन्ह दिएको थियो
अहिले याहा नेपालि काग्रेसको अधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधिन छ ! अदालतको फैसला संस्थापन समुहमा पक्षमा पनि हुन सक्छ इतर समुहमा पक्षमा पनि हुन सक्छ र अर्को चुनाव चिन्ह चार तारा र रुख खारेज या स्थगित पनि हुन सक्ने भारतिय अदालतको निर्णय लाई हेर्दा यहा पनि त्यो हुन सक्छ । त्यो अदालतले निर्णय गर्ने विसय हौ!
असी वर्षको इतिहास
यदी नेपाली काग्रेस को इतर समुह र सस्थापन समुहले रुख र चार तारा छोडेर अर्को चुनाव चिन्ह लिएर पाटी संगठन चलाउनु पर्ने अवस्था आयो भने भने काग्रेसको असी वर्षको इतिहासमा ग्रहण लाग्न सक्छ र निकट भविस्यमा हुने निर्वाचनमा प्रतिकुल परिणाम भोग्नु पर्ने देखिन्छ ! काग्रेसको इतिहास समाप्त नभए पनि धमिलो सम्म हुन सक्छ! र सानेपा कस्ले प्रयोग गर्ने त्यो पुन अर्को विवादको विसय हुन सक्छ !
डा. शेखर कोइराला
मध्यस्थताको भुमिकामा र एकताको अधिवेशनको पक्षमा रहेका डा. शेखर को रणनीति नै वास्तवमा काग्रेस वचाउने थियो ! पटक पटक पाटी फुट्न दिन्न पाटी फुट्दैन भन्ने डा. शेखरले काग्रेसको इतिहास र पाटीमा आउने ठुलो संकट भविस्यमा आउन सक्ने आंकलन गरेर देखेर नै विचमा रहेर पाटी मिलाउन खोजे पछी उन्को विचार को कदर हुने अवस्था आउन सक्छ या नआउन सक्छ!काग्रेसको यो द्वन्दके व्यवस्थापन र काग्रेसको भविस्य अदालतको निर्णय भर पर्छ!
प्रतिक्षा गर्नु वाहेक अर्को विकल्प छैन ! काग्रेस भित्र नै अव द्वन्द व्यवस्थापन गर्ने सुत्र अव सायद छैन !


