३ भाद्र २०७९, शुक्रबार

नेपाल – भारत सम्बन्धको एउटा उदाहरण कंचनपुरको दोधारा चादनी

एसीपी संवाददाता

३ श्रावण २०७९, मंगलवार १६:२३ मा प्रकाशित

सरिता सिंह –  नेपाल – भारत बिच विभिन्न स्थानमा प्रगाढ सम्बन्ध र बादबिवाद रहे पनि कंचनपुरको दोधारा चादनीमा नौलो सम्बन्ध रहेको छ । त्यहाँका बासिन्दाले एक अर्काको मर्का पिडा बुझ्ने सम्बन्ध गासेका छ्न । कंचनपुर महाकालीका बासिन्दा बिच अहिले पनि पुजा पाठ हुने बेला होस व बिवाह भोज एक अर्काको घरमा पुरै परिवारलाई निम्तो दिने चलन रहेको छ । नेपाली भारत तर्फ जाने उतै खाने बस्ने र भारतियहरु नेपालमा नेपालीको घरमा हुने पुजा पाठमा आउने बस्ने खाने गरेका छ्न भने पुरै परिवारिक सम्बन्ध रहेको छ । कंचनपुरका स्थानीयका अनुसार भारत तर्फ हाम्रो जात न मिलेपनि सम्बन्ध भने जात भन्दा माथी रहेको छ । भारत तर्फ धेरै बङाली समुदायका बसोबास रहे पनि नेपाली संस्कृतिलाई उनीहरुले राम्रो सङ बुझेका छ्न । नेपालका केही राजनीतिक दलहरूले बिरोध जनाए पनि यथार्थमा त्यो स्थानीयको जनजीवन बाट पर रहेको छ । विभिन्न दलहरुले कहिले केही मुद्दा उचालेर एक अर्का बिच चली आएको सम्बन्ध बिगार्न खोजेको स्थानीयले बताएका छ्न ।
दोधरा चांदनी, कंचनपुर अहिले एउटा नेपाल भारत सिमा सम्बन्धको उदाहरण बनेको हो ।
सिमा विवाद सामाजिक संजालमा राष्टबादी एजेंडा बनाइ राजनीतिक फायदाका लागि मात्र केही दलले नेपाल भारत संबध बिगार्न खोजे पनि यथार्थ जनजीवन फरक रहेको छ । नेपाल – भारत सम्बन्ध सिमामा वास्तविकता धेरै स्थानमा एकदम फरक रहेको प्रत्येक्ष महसुस भएको हो । यहाँ सम्म कि कुनै पनि नेपाली औषधि उपचारको जादा पैसा न भए सजिलै उपचार गरिदिने अनि पछि पैसा दिने सम्बन्ध जस्तो परिवारिक सम्बन्ध रहेको पाईएको छ । भारतको खटिमामा समेत उपचार गराउन जादा कुनै समस्या नहुने स्थानीयले बताएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x