आफ्नो जुँगामा गर्व गर्ने केरलकी शायजाको कथा

मुम्बई– ३५ वर्षीया भारतीय महिला शायजाले हालको समयमा सामाजिक सञ्जालदेखि अनलाइनमा सबैको ध्यान आफूतिर तानेकी छन् । हालैमात्र शायजाले ह्वाट्सएपमा जुँगासहितको तस्वीर राख्दै ‘मलाई आफ्नो जुँगा मनपर्छ’ लेखेपछि उनी चर्चाको विषय बनिन् ।
शायरा आफ्नो अनुहारमा आएका ठूला रौंमा देखिएको सार्वजनिक चासो प्रति चिन्ता नरहेको बताउँछिन् ।
जो व्यक्तिहरु फेसबुकमा उनको तस्वीर हेर्छन् या उनलाई व्यक्तिगत रुपमा भेट्छन्, सबैको प्रश्न हुन्छ ‘जुँगा किन राखेको ?’
‘म यति मात्र भन्छु कि मलाई यो मनपर्छ’, शायजा भन्छिन् । शायजा केरलको कन्नूर जिल्लामा बस्छिन् । कैयौं महिलाजस्तै उनको ओठको माथि अनुहारमा वर्षौदेखि केही ठूला रौं थिए ।
उनी आफ्नो आँखी भौं नियमित रुपमा थ्रेड गर्छिन् । तर उनी ओठमाथि आएको ठूला रौंलाई हटाउने विषयमा आफूले कहिल्यै नसम्झिएको बताउँछिन् ।
करीब पाँच वर्ष अघि उनको रौं विस्तारै बढ्दै गयो र जुँगा जस्तो देखिन थाल्यो । तर शायजाले त्यो जुँगालाई नफाल्ने निर्णय लिइन् ।
‘म अब यो बिना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ । जब कोभिड महामारी सुरु भयो, तब मलाई हरेक समयमा मास्क लगाउन मनपर्दैन थियो किनकी मास्कले मेरो अनुहारलाई छोप्थ्यो’, उनी भन्छिन् ।
आफ्नो जुँगा बारे के भन्छिन् शायजा ?
कैयौं मानिसले उनलाई जुँगा हटाउन सल्लाह पनि दिएका थिए । तर शायजाले त्यो सल्लाहलाई अस्वीकार गरिन् । ‘मसँग त्यो कुरा छ, जुन मसँग हुनुहुँदैन थियो । यसले मलाई म कहिल्यै पनि सुन्दर छैन भन्ने कुराको महशुस गराएन’, उनी भन्छिन् ।
महिलालाई उसको अनुहारमा कपाल हुनुहुँदैन भनिन्छ । कपाल भएको अवस्थामा पनि पैसा खर्च गरेर हटाउन या त्यसलाई कुनै आकार दिन भनिन्छ ।
कपाल हटाउने उत्पादनको अरबौं लगानीका उद्योग छन् र उसले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने महिलाका लागि क्रिम, वेक्स स्ट्रिप्स, रेजर र एपिलेटर्स बनाउँछ ।
तर हालैको वर्षमा कैयौं महिलाहरुले यो चलनको विपरित जाने निर्णय लिए र आफ्नो अनुहारमा रौं राख्न मनपराए ।
गिनीज बुक अफ वल्र्ड रेकर्डका अनुसार सन् २०१६ मा बडी पोजिटिभिटीको प्रचारक हरनाम कौर पुरा दाह्री राख्ने विश्वकै कम उमेरकी महिला बनिन् ।
कैयौं स्वास्थ्य समस्याबाट गुज्रिएकी शायजाको १० वर्ष
शायजाका लागि जुँगा केवल भाषणको हिस्सामात्र होइन, यो उनको व्यक्तिगत हिस्सा हो ।
‘म त्यही गर्छु, जुन मलाई मनपर्छ । यदी मसँग दुईवटा जीवन छ भने म सायद दोस्रोको लागि बाँच्थें’, उनले भनेकी छन् ।
यसको कारण यो हो कि उनी वर्षौसम्म स्वास्थ्य समस्यासँग जुधिन् । विगत १० वर्षमा उनको ५ सर्जरी भए । पहिलो, उनको स्तनको गाँठो हटाइएको थियो । दोस्रो उनको गर्भासयमा रहेको ट्युमर निकालिएको थियो । पाँच वर्षअघि उनको तेस्रो सर्जरी गर्भासयलाई हटाउनमा गरिएको थियो ।