३ कार्तिक २०८३, सोमबार

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

एसीपी संवाददाता

२२ श्रावण २०७९, आईतवार ०७:३२ मा प्रकाशित

राजबिराज । राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौमा ‘विआरआई: बिकास परियोजना कि चिनियाँ विस्तारवाद’ विषयक गोष्ठी आयोजना गरेको छ।
नयाँ वानेश्वर स्थित अल्फा हाउसमा चीनको महत्वकांक्षी योजना विआरआईका विषयमा विचार गोष्ठीमा वक्ताहरुले उक्त योजनाका विषयमा आ–आफनो धारणा राखेका छन् ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको अध्यक्षता मधेसी आयोगकी सदस्य रेनुदेवी साहको प्रमुख आतिथ्यामा आयोजित सो गोष्ठिमा बुद्ध छिरिङ मोक्तान, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य बिनोद गुरुङ, जनता समाजवादी पार्टीका नेता कमल यादब, अधिवक्ता किरण पौडेल, अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहलगायतले विआरआई नेपालका लागि घातक हुने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष यादवले विआरआई नेपालीको लागि फाईदा जनक नरहेकै कारण सरकारले त्यस सम्वन्धि सम्झौता गोप्य राखेको वताए । नेपाल–चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) समझौता नेपाललाई ऋणमा डुवाउने चीनको षडयन्त्र भएको वताए ।

*के हो विआरआई*
सन् २०१३ मा सि जिनफिङ चीनको राष्ट्रपति भएपछि उनको नेतृत्वको सरकारले विश्व विकास रणनीतिको निम्ति वेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा प्रस्तुत गरेको थियो। २००० वर्ष अघिको ऐतिहासिक रेशमी मार्गलाई वर्तमान यूगको विचार, प्रविधि, र साँस्कृतिक आवश्यक्तासंग मेलखाने गरी उच्च तहमा विकास गर्ने, सम्बन्धित राष्ट्रहरु एकसाथ विकास, सहअस्तित्व र साँस्कृतिक उत्थानमा सहभागि हुने महत्वाकांक्षी परियोजना हो, विआरआइ ।

खासगरी आधुनिक सडक, रेल, जल र हवाइ यातायात, सञ्चार, उर्जा, लगायत पूर्वाधार क्षेत्रको विकास, आपसी व्यापार, लगानी र साँस्कृतिक उत्थानका विषयहरु विआरआईले समेटेको छ । यस अन्तरगत विश्वको कुल ३० प्रतिशत जिडिपि, ६२ प्रतिशत जनसंख्या र ७५ प्रतिशत पहिचान भएको उर्जाको श्रोत रहेको छ । सम्बन्धित देशहरु र अन्तर्राष्ट्रिय संस्थाहरुले एकसाथ काम गरेर सन् २०४९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x