३ कार्तिक २०८३, सोमबार

विद्युत र पर्यटनमा लगानी गर्न भारतीय उद्योगीलाई आग्रह

एसीपी संवाददाता

३ भाद्र २०७९, शुक्रबार १०:५६ मा प्रकाशित

काठमाडौं ।   सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।

भारत उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागत कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम, एक द्धार नीति अबलम्बन गरेको जानकारी गराउनुभयो । नेपालमा गरिने लगानीका लागि भारत, चीन प्रमुख बजार रहेको भन्दै उहाँले भारतीय लगानीकर्तालाई लगानीका लागि आग्रह गर्नुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको वताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि उदार रहन आग्रह गर्नुभयो । उहाँले सिमेन्ट, खानी, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताउनुभयो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताउनुभयो । उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x