३ कार्तिक २०८३, सोमबार

अग्निपथ कार्यक्रमअन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता दिन्छौं : भारत

एसीपी संवाददाता

९ भाद्र २०७९, बिहीबार १८:२० मा प्रकाशित

काठमाडौँ — भारतले मुलुकभित्र र नेपालमा पनि विवाद अग्निपथ कार्यक्रमलाई निरन्तरता दिने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार भारतीय सेनामा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्रता दिने जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेको जनाए ।

‘हामीले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेका छौं । हामी भारतीय सेनामा अग्निपथ कार्यक्रम अन्तरगत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने छौं,’ उनले भने । उनले यस विषयमा हालसम्म यही तथ्यांकमात्र रहेको बताए ।

भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा तत्काल गोर्खा भर्ती नहुने भएपछि भारतीय पत्रकारले विदेश मन्त्रालयका प्रवक्ता बाग्चीलाई प्रश्न गरेका थिए ।

नयाँ नीतिअनुसार भारतले गोर्खा भर्ना गर्न खोजे पनि नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह हो । अग्निपथ कार्यक्रम चार वर्षे सैनिक कार्यक्रममात्र भएपछि बढी विवादमा आएको हो ।

परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकार अहिलेसम्म लिखित जवाफ पठाएको छैन । नेपालले जवाफ नदिएसँगै बिहीबार र अगामी भदौ १६ गते हुने भनिएको गोर्खा भर्तीको प्रक्रिया हालका लागि स्थगित भएको हो ।

भारत र बेलायतले सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेना र बेलायती सेनामा नेपाली युवाहरूलाई भर्ती गर्दै आइरहेको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x