३ कार्तिक २०८३, सोमबार

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै

एसीपी संवाददाता

१७ भाद्र २०७९, शुक्रबार ०८:४१ मा प्रकाशित

नयाँदिल्ली =  भारतले आज (शुक्रबार) देखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएकाे छ ।

आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएकाे जनाइएकाे छ । उहाँले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेकाे छ ।

२० हजार करोड भारु खर्च गरेर बनाइएको साेही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।

यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरुले उडान भर्न सक्ने छन् । यसको सञ्चालनबाट भारतीय उपमहाद्विपमा शान्ति र स्थिरताका लागि ठूलो योगदान पुर्याउने भारतीय नौसेनाको विश्वास रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x