१० कार्तिक २०८३, सोमबार

काबुलमा महिला सडक विक्रेताहरू बढेका छन्

एसीपी संवाददाता

२३ भाद्र २०७९, बिहीबार ०८:११ मा प्रकाशित

काबुल (टोलोन्युज):   गरिबी र आर्थिक कठिनाइका कारण काबुलमा पछिल्ला महिनाहरूमा महिला विक्रेताहरूको संख्या बढेको छ। आर्थिक अभावका कारण मजदुरी गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बिबी को राजधानीको एक विद्यालय नजिकै हस्तकलाका सामान बेच्छिन्, र उनी आफ्नो परिवारको एकमात्र कमाउने सदस्य हुन् । आफ्नो कान्छो छोरा विष्फोटमा अशक्त भएको र काम गर्न असमर्थ भएका कारणले बिबी आफू नै सडकमा सामान बेच्न थालेकी हुन् ।

आफू अठार वर्षदेखि यहाँ काम गरिरहेकी र यी अठार वर्षमा पैसा दिने एक जना पनि देखेको छैन भन्ने बिबीकोले बताइन । हामी इस्लामिक इमिरेट्सलाई महिलालाई सडकमा काम गर्न बन्द गर्न मद्दत गर्न चाहन्छौं उनले बताइन । यद्यपी श्रम तथा सामाजिक मामिला मन्त्रालयले यी महिलाको यकिन संख्या नखुलेको र उनीहरुका लागि कामको अवसर उपलब्ध गराउन मन्त्रालय प्रयासरत रहेको बताएको छ ।

अभिभावक वा पति नभएका र साना बच्चाहरू भएका महिलाहरु जो आफ्नो परिवारको गुजारा आँफै चलाउछन् उनीहरूलाई उनीहरूको घरमा इस्लामिक शरिया हिजाब भित्र रोजगारी खोज्ने योजना बनाएका छौं, श्रम मन्त्रालयका उपप्रमुख मख्दोम अब्दुल सलाम सदातले बताएका छन् । एकातर्फ सडकहरुमा गुजारा गर्नेका लागि महिलाहरुको सख्याँ बढ्दो छ भने सरकारको महिला सुरक्षाको नितिहरु अझै स्पष्ट छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x