३ कार्तिक २०८३, सोमबार

१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन : डा.बाबुराम भट्टराई

एसीपी संवाददाता

७ आश्विन २०७९, शुक्रबार ०८:३९ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।

बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट्टराईले भने, ‘१२ बुँदेको सुरुवात हामीले नै गरेका थियौँ । केपी ओली, नारायणकाजी र म ड्राफ्ट गर्दा थियौँ र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुले गर्नुभएको हो ।’

भट्टराईले​ कटवाल प्रकरणबारे पनि चर्चा गरेका थिए  । त्यसबेला माओवादीले सेना नै कब्जा गर्न खोज्यो भनेर गलत भाष्य निर्माण गरेर गलत प्रचार भएको उनले बताए । भट्टराईले भने,’यस्ता गलत कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x