३ कार्तिक २०८३, सोमबार

कम्युनिस्टले तोडछ नेपाली काङ्ग्रेस जोडछ भन्ने उखान सिद्ध गर्दै आरजु

एसीपी संवाददाता

१३ कार्तिक २०७९, आईतवार २३:४२ मा प्रकाशित

नेपालमा होस या बिश्व मै कम्युनिस्ट कुनै धर्म मानु हुदैन भन्ने कुराले सबै मानवीय अधिकार हनन हुन्छ । कम्युनिस्टले धर्म मान्नु हुदैन भन्छन नेपालमा पनि यहि छ कम्युनिस्टको नारा तर नेपाली काङ्ग्रेसले तोडछ हैन सब लाई जोडछ सबै धर्म सबै जात एक हौ भन्ने नारा सहि साबित भएको छ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले छठ माईकाे पूजा गरेकी छन् । मधेसमा मनाईने यश पुजाले तराई पहाड हिमाल एकताको सन्देश समेत गएको छ ।

जनकपुरकाे गंगासागरमा आइतबार अपराह्न उपस्थित भएर आरजुले विधिवपूर्वक पूजा सम्पन्न गरेकी हुन् ।

आरजुकाे साथमा काँग्रेस नेतृ चन्दा चौधरी लगायत नेता कार्यकर्ता छठकाे पूजा गर्न गंगासागर पुगेका थिए । आरजुले झण्डै आधा घण्टा पुजा गरेकी थिइन भने मन्दिर समितिले उनलाई सम्मान गरेकाे थियाे ।

आरजु छठ मनाउन आइतबार विहान बुद्व एयरकाे उडानबाट जनकपुर आएकी थिइन । विमानस्थलमा काँग्रेस प्रभावशाली नेता विमलेन्द्र निधि, नेतृ चौधरी, सहमहामन्त्री महेन्द्र यादव लगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

आरजु छठ मनाउन विमलेन्द्र निधिकाे गाउँ जाने कार्यक्रम छ । भाेलि नै उनले दिउँसाे १२ बजे सञ्चारकर्मीसँग साक्षात्कार गर्ने कार्यक्रम छ ।

छठ मनाउन आरजुकाे मधेस भ्रमणलाई राष्ट्रिय एकताकाे प्रतिककाे रूपमा लिइएकाे छ । एक त यसले छठकाे ब्राण्डिङ भएकाे छ भने अर्काेतिर तराई वासीकाे पर्वलाई काठमाडौंले उच्च सम्मान तथा स्थान दिएकाे छ ।

मधेस र पहाडबीच भावनात्मक सम्बन्ध छ, सबै पर्व सम्मानजनक छन् र राज्यले त्यसलाई महत्त्व दिएकाे छ भन्ने याे भ्रमणले पुष्टि गरेकाे छ । आरजुकाे आगमनसँगै मधेसमा छुट्टै खुसियाली छाएकाे छ । रौनक बढेकाे छ । मधेसका महिलाहरू पनि खुसी भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x