कोरोनाले जनजीवन अस्तब्यस्त , दर्जनौं शहरमा सन्नाटा छाएको छ
एजेन्सी – लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड १९ संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । लकडाउनका कारण चीनको दर्जन बढी शहरको जनजीवन अस्तब्य्स्त भएको छ ।
अहिले कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ । २०१९ को अन्ततिर बुहान बाट नै पहिलो पटक कोरोनाको उत्पत्ति भएको थियोे । चीनमा हरेक दिन दर्जनौं मानिसहरुमा कोरोना संक्रमीत फेला परि रहेका छ्न । विभिन्न उद्धोग हरु समेत प्रभावित हुन थालेका छ्न । आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ । अहिले बिश्व भरी अलि शान्त बनेको बेला कोरोना संक्रमण चीन पुनः फर्किएको छ । चीनका बासिन्दाको भनाई लाई मान्ने हो भने अहिले चिनियाँ रास्ट्रपति सि जिन्पिङले ल्याएको कोरोना विरुद्धको नीति पुर्ण रूपमा असफल भएको हो । जनताले जिन्पिङको नीति विरुद्ध बिद्रोह गर्नु पर्छ भन्दै आएका छ्न ।


