१० कार्तिक २०८३, सोमबार

विकास बिरोधी शक्तिलाई परास्त गर्ने समय आइसकेको छ : जयप्रकाश ठाकुर

एसीपी संवाददाता

२५ कार्तिक २०७९, शुक्रबार ०९:१४ मा प्रकाशित

राजविराज । सप्तरी–२ मा प्रतिनिधि सभाका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले विकास विरोधि सक्तिलाई परास्त गर्ने समय आएको बताएका छन् ।
बुधबार राजविराज नगरपालिका वडा नम्वर १६ बोरीयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थय लगायतका क्षेत्रमा देखिएका समस्यालाई अन्त गर्ने आश्वासन दिए ।
मधेशीको नाममा सधै ठगेर राजनितिक गर्ने व्यक्तिहरुलाई यस पालि जनताले निर्वाचन मार्फत जवाफ दिने भन्दै उनले मधेशी माथि सधै अहितमा काम गर्ने पार्टी सँग गठबन्धन गरेर जनतालाई ठग्ने काम बन्द गर्नुपर्ने बताए ।
यस्तै सप्तरी–२ मा प्रदेश सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले प्रदेश सभालाई सहि दिशामा रुपान्तरण गर्नका लागि गठबन्धनका उम्मेदवाहरुलाई जिताउन जनता लागि परेको उनले भने ।
यसै गरी महदेवा गाउापालिकाको डेढामा आयोजित घरदैलो अभियानमा ठाकुरले देशलाई विखण्डन गर्ने विचार बोकेका डा. सिके राउतले सात महिनामा नै केपी औली संग सम्झोता गरेर अहिले मधेसी जनतालाई ठग्नको लागि चुनाव लड्ने काम गरेको धारणा राखे ।
यस्तै जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवले
गजेन्द्र नारायण अस्पतालको भवन निर्माण सकिन बााकी नै रहेको अवस्थामा मैले निर्माण सम्पन्न गरेको भन्दै प्रचार गरी झुठो बोलिरहेको आरोप लगाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x