१० कार्तिक २०८३, सोमबार

नेपालगन्ज बाट ९ वर्ष सांसद हुँदा पनि काम नगरेको भन्दै मोहम्मद इस्तियाक राईको चर्को विरोध

एसीपी संवाददाता

२७ कार्तिक २०७९, आईतवार २२:३७ मा प्रकाशित

काठमाडौं। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा बाँके २ बाट जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राई चुनावी मैदानमा रहेका छन्। उनी तेस्रो पटक संसद् प्रवेश गर्ने बाटो खोजिरहेका छन्। तर, उनलाई विगतभन्दा यसपटक भने संसद् प्रवेशको यात्रा निकै कठिन बनिरहेको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा हुने निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ। बाँके-२ मा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा, जसपाका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशम्सेर राणा उम्मेदवार रहेका छन्।

विसं २०६४ र २०७४ मा बाँके २ बाट निर्वाचित भएका राई पुनः निर्वाचित हुन चुनावी मैदानमा रहेका छन्। उनीसँगै वि.सं २०५४ मा नेकपा एमालेबाट र २०७४ मा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा विजयी डा. राणा प्रतिस्पर्धा गरिरहेका छन्।

राणा दुई पटक नगरप्रमुख हुँदा गरेको विकास जितको आधार भएको बताउँछन् भने यसपटक एमालेसँगको तालमेलले थप बल पुगेको उनको दाबी छ। तर, सांसद् राईले ९ वर्ष सांसद हुँदा पनि यस क्षेत्रको विकासमा कुनै पहल नचालेको र जिल्ला र निर्वाचन क्षेत्रभन्दा बढी केन्द्रमा नै रमाएको, कमिसन आउने कामहरु मात्रै गरेको, क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउन निस्क्रिय भएको आरोप लागिरहेको छ।

अहिले उनी चुनावी मतका लागि मात्र गाउँ आएको र जितेर गएपछि नफर्किने भन्दै उनलाई मतदान गर्न नहुने भन्दै भित्रभित्रै अभियान पनि चलिरहेको छ। उनलाई जिताए धार्मिक तथा जातीय अवस्था खलबलिने र हिंसा भड्किनसक्नेप्रति पनि मतदाताहरु सचेत देखिन्छन्।

अर्कोतर्फ यसपछक उनलाई आफ्नै परिवारले पनि साथ नभएपछि उनले जातीयताको मुद्दालाई बोकिरहेका छन्। जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिनुबाट नै उनीप्रति त्यहाँका मतदाताहरुको असन्तुष्टिलाई प्रदर्शन गरेको स्पष्ट बुझ्‍न सकिन्छ। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x