उपेन्द्र यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा
जनकपुर । मंसिर ४ मा भएको आम निर्वाचनको परिणाले मधेश प्रदेशमा सन्नटा छाएको छ । विगत जस्तो चुनावी परिणामबाट यो भेगका अधिकांश जनाता उत्साहित भएको देखिदैन् । यसको मुख्य कारण हो मधेशमा माग उठाउँदै आएका मेधशवादी दलको पराजय । प्रदेशलाई मुख्य आधार बनाएर राजनीति गर्दै आएका मभेशवादी दलहरु यतिबेला मेधशभित्र पनि खुम्चिएर बसेका छन् ।
मधेशका मागका सवालमा आफुलाई विगतदेखि नै उभ्याउँदै आएको जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई यो निर्वाचनमा आसातित मत आउन सकेन । उनीहरुको राजनीतिक व्यवहारले पनि यो पटक मधेशका जनाताले मधेशवादीभन्दा अरु दललाई मत दिएर पठाएका छन् । जसपाका अध्यक्ष स्वयम सप्तरी २ बाट पराजित भएका छन् ।
विसं २०६२÷६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा एमालेले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो ९महासेठ० निर्वाचित भइकी छन् ।
शुक्रबार जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएका थिए ।
यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुगेका राजेन्द्र महतोले पनि चुनाव हारेका छन् । मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव विजयी भए । मधेसी नागरिकलाई संगठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेका छन् । त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हारेका छन भने यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हारेका छन् ।
‘भाइ फुटे गवार लुटे भनेको यही त रहेछ हजुर’ अन्तिम चुनावी परिणाम सुनिरहेकामध्येका जनकपुरधाम–३ का ६१ वर्षीय राजेन्द्र भगतको भनाइमा यति छिट्टै यस्तो होलाजस्तो मधेशका जजनताले सोचेका थिएनन् । उनले मधेसमा एकल सरकार बनाउन सक्ने हैसियत बनाएका दल रक्षात्मक अवस्थामा पुगेको देखेर आफूलाई निकै दुःख लागेको बताए । अ यस्तै न्योलमा छन् जनकपुरधाम–१ का ६५ वर्षीय धनीवीर दास पनि । हिजो हामी सँगसँगै लडेको हो अधिकारका लागि तर अहिले सबै अलगअलग भएर चुनाव लड्दा यो गति भएको हो ।
जनकपुधाम–४ का ५८ वर्षीय फुलगेन साहले अहिलेको परिणामले आफूलाई आश्चर्य नलागे पनि मधेस आन्दोलनका नेताहरुले चुनाव हारेकामा नराम्रो लागेको प्रतिक्रिया दिँदै भने, ‘राम्रो त भएन तर के गर्नु जनता रिसाएपछि यस्तै हो । अधिकारको नाराले मात्रै केही हुँदैन, अवसर पाएको बेला काम गर्नुपर्यो ।’ सोही ठाउँका २१ वर्षीय अनुराज झा पनि जनता बदलाव चाहेको तर, नआएको बताए । न बदलाव भयो न नेताहरु बदलिए, न त उनीहरु एक ठाउँमा भए, त्यसैले परिणाम यस्तो आएको उनको भनाइ छ ।
देशभर चुनावको अन्तिम परिणाम आउने क्रममा अन्तिम भएको छ । मधेस प्रदेशमा पनि चुनावी चित्र प्रष्ट भइसकेको छ । अरु चम्किए, मधेसवादी खुम्चिए’ । यो परिणामका विविध पाटाको समीक्षा हुँदै जानेछ । मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषामा भने मतगणनाको प्रारम्भिक नतिजासँगै बहस सुरु भइसकेको छ । यहाँका युवादेखि वृद्ध, व्यापारीदेखि ग्राहक, जागिरेदखि बुद्धिजीवी सबैले यसपटकको निर्वाचनको परिणामप्रति चासो व्यक्त गरिरहेका छन् ।
भनिन्छ चुनावमा हारजीत स्वाभाविक हो । देशभरि पटकपटक मन्त्री र पार्टी सत्तामा पक्कड भएका नेताहरु पनि राजनीतिको कखरा सिक्दै गरेकाहरुबाट पराजित भएका छन् । मधेसमा पनि त्यस्तै तर केही फरक भएको छ । यहाँ विकल्पको रुपमा नयाँलाई कम पुरानै पार्टीतर्फ बढी जनमत फर्किएको छ । पार्टी नेता तर चुवावमा स्वतन्त्रको हैसियतमा भएकाहरु चम्किएका छन् ।
मधेस राजनीतिका तीन महारथी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोमध्ये एक जनाले मात्रै जिते । ठाकुरले महोत्तरी ३ मा हिजोको सहयात्री दल जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरे । महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै ।
विश्लेषक रोशन जनकपुरी पनि अरु ठाउँको भन्दा मधेसको हारजीत फरक र विशेष रहेको बताउँछन् । ‘मधेसकै मुद्दा उठाएर स्थापित हुन खोजेको जनमत पार्टीले जनमत बढाउँदै गएको छ, हार्ने ठाउँमा पनि यिनै दलका उम्मेदवार निकटतम प्रतिस्पर्धी छन । आपसमा लडेपछिको परिणाम यस्तै त हुन्छ । उनले मधेसवादी दलले अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनविश्वास भड्किँदै गएको बताए । हिजोका मुद्दा यथावत छन्, मधेसवादी दलहरुमा राजनीतिक चरित्र अस्थिर रह्यो, त्यसकै प्रतीकात्मक अभिव्यक्ति अहिलेको परिणाम भएको जनकपुरीको भनाइ छ ।
अर्का विश्लेषक डा राजेन्द्र विमल पनि मधेशवादी दलहरुले यहाँबाट आर्जित शक्तिलाई मधेशका मुद्दा सम्बोधन गर्नेतर्फ सही रुपमा प्रयोग नगरेकै कारण जनताले आशा र निराशासहित अभिमत जाहेर गरेको बताए । उनले भने,‘अहिले देशभरि जनताहरु आक्रामक छन्, यहाँका नेताहरुले पनि मधेसका जनताको भावना बुझ्न सकेनन् । मधेसका मुद्दा सम्बोधन गर्न इमान्दार प्रयत्न नभएको लागेरै जनताले यस्तो गरेका हुन सक्छन् ।’
यसपाली मधेस आन्दोलनका सहयात्री दलहरु फरकफरक कित्तामा उभिएका कारणले त हुँदै हो विगत पाँच वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक चरित्र पनि मधेसवादी दलहरुलाई महँगो परेको धेरैको बुझाइ छ । हुन पनि विसं २०७४ मा गठबन्धन र पछि पार्टी एकता गरेका नेताहरु सत्ता राजनीतिकै कारण फेरि फुटे । उम्मेदवारी दर्ताको केही दिन अघिसम्म सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अन्तिम समयमा प्रतिपक्षी एमाले कित्तामा गयो । एमाले कित्तामै रहेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग सहकार्य गर्यो । पुराना सहयात्री यी दलको यही व्यवहारलाई जनताले मन नपराएको डा सुरेन्द्र लालको भनाइ छ ।
पाँच वर्षअघि तत्कालीन संघीय समाजवादी फोरम ९हालको जसपा० र राष्ट्रिय जनता पार्टी ९हालको लोसपा० ले आफ्नै बलबुतामा प्रतिनिधिसभाका ३२ मध्ये १९ र प्रदेशसभामा ६४ मध्ये ३४ सिट जितेका थिए । त्यसबेला संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा नौ र प्रदेशमा १९ तथा राजपाले प्रतिनिधिसभामा १० र प्रदेशमा १५ स्थानमा जितेको थियो । यसपटक भने फरक कित्तामा रहेका यी दुई पार्टीमध्ये जसपाले प्रतिनिधिसभामा छ र लोसपाले तीन गरी नौ स्थानमा जीत निकालेका छन् । त्यसैगरी प्रदेशसभामा क्रमशः नौ र सात गरी १६ स्थानमा जितेका छन् ।
यी दुई पार्टीले समग्रमा प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १८ सिट गुमाएका छन् । यी सिटमध्ये मधेशवादी दल जनमत पार्टीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको छ स्थान ओगटेको छ । समग्रमा जसपा र लोसपाबाहेकका पार्टी तथा स्वतन्त्रले प्रतिनिधिसभाका २३ र प्रदेशसभाका ४८ स्थान आफ्नो पक्षमा पारेका छन् । जबकी अघिल्लो पटक प्रतिनिधिसभामा र प्रदेशसभामा क्रमशः दुई र १४ स्थानमा जितेको एमालले यो पटक प्रतिनिधिसभामा आठ र प्रदेशसभामा १४ स्थान जितिसकेको छ ।
प्रदेशसभाको परिणाम आउन बाँकी एक सिटमा एमाले उम्मेदवार अगाडि छन् । त्यसैगरी अघिल्लो पटक प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिटमै चित्त बुझाएको कांग्रेसले यो पटक प्रतिनिधिसभामा एक सिट बढाएर सात र प्रदेशमा चार सिट बढाएर १३ पुर्याएको छ ।
प्रतिनिधिसभाको परिणाम आउन बाँकी एक सिटमा कांग्रेस उम्मेदवार अगाडि छन् । मधेशवादी दल मात्रै होइन, अरु पार्टीभन्दा मधेस पक्षधर भनिएको माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अघिल्लो पटक जितेको ९पाँच० सिटबाट चार र प्रदेशमा ९अघिल्लो पटक छ० दुई सिट गुमाएर चार सिटमा चित्त बुझाएको छ । यसबाहेक एमाले विभाजन गरेर बनाइएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार स्थान सुरक्षित गरेको छ ।
संख्यात्मकरुपमा अब सबै मधेशवादी दलहरु मिलेर पनि प्रदेश सरकार बन्ने अवस्था गुमेको छ । अघिल्लो पटक जसपा र लोसपा मिलेर एकल सरकार बनेको थियो । देशमा राजनीतिक उथलपुथल हुँदा पनि जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पाँचै वर्ष सरकार चलाएका थिए । तर अब मूलधारका राष्ट्रिय पार्टीको सहयोगबिना सरकार बन्न नसक्ने अवस्था आएको छ ।
विश्लेषक जनकपुरी मधेसमा मधेसवादी पार्टी र समग्रमा मधेस र उत्पीडित जनताको पक्षधर मानिएको माओवादी शक्ति कमजोर हुनुको सङ्केत राम्रो नभएको बताए । मधेसको कुरा गर्दा मधेसवादी दलमा आएको मत फेरि पुरानै पार्टीतिर फर्किन सुरु भएको छ उनले भने, समग्रमा परिवर्तनका पक्षधर दलप्रतिको आक्रोस मतदानबाट पनि पोखिएको छ । मधेसी तथा परिवर्तनकारी जनतामा संवेदना बाँकी नै रहेकाले हिजो गरिएका वाचा पूरा गर्न र गुम्न थालेको साख फर्काउन इमान्दार प्रयत्न गर्न लाग्नु नै दलका लागि हितकर हुने उनको भनाइ छ ।
विश्लेषक डा राजेन्द्र विमलले नयाँ पुस्ता र नयाँ पार्टीको उदयलाई देशले परिवर्तन चाहेको अर्थमा बुझ्न सकिए पनि राष्ट्रिय एकता र परिवर्तनको मुद्दा बोक्ने कमजोर हुँदै जानु राम्रो नभएको बताए अहिलेको परिणाम आशा र निराशाको समिश्रण तथा नेता र दलहरु नबदलिएमा जनता त बदलिने उनको भनाइ छ । विश्लेषक डा सुरेन्द्र लालले पनि अहिलेको परिणामले मधेसवादी र परिर्वतनकारी शक्तिहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताए ।
जे गरे पनि जनताले मत हालिहाल्छन् भन्ने मनोविज्ञानलाई अहिलेको परिणामले बदल्न चेतावनी मात्रै दिएको भन्दै डा लालले दलहरु बाँकी समय पनि नेताहरु नसुध्रिएमा समस्या हुने बताए । उनले सत्ता र शक्तिका लागि आजसम्म भएका क्रियाकलापले सबै एकै त हुन् नि भन्ने अवस्था बनेको र राष्ट्रिय पार्टी र मधेसवादी दलहरुको फरक नछुटिएको दाावी गरे । जनजीवीका, सामाजिक रुपान्तरण र समृद्धिका मुद्दामा अब आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि कार्यशैली बदल्न जरुरी भइसकेको उनले बताए ।
देशभरको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सोचेभन्दा बढी नै फैलिएको छ । परम्परागत शक्ति राप्रपाले पहिलेभन्दा बढी शक्ति सञ्चय गरेको छ । मधेसमा पनि पुरानै पार्टीहरुको पनर्योदय सुरु भएको छ । यद्यपि जनमत पार्टीले यहाँ पनि नयाँ उचाइ लिएको छ । कुनैबेला मधेस विरोधी पार्टी भन्ने गरिएको एमाले अहिले यस प्रदेशमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुँदैछ । मधेसवादी दल पापँचौ छैठौति पनि नपुग्ने अवस्था देखिएको छ। नेपालबहस


