२५ श्रावण २०८३, सोमबार

कोरोनाको किट बनाउने चिनियाँ कम्पनीले निकाल्यो कामदार

एसीपी संवाददाता

२५ पुष २०७९, सोमबार ०९:०७ मा प्रकाशित

एजेन्सी – कोभिड १९ संक्रमण बढिरहेको चीनमा कोभिड टेस्ट किट बनाउने कम्पनीले कामदार निकालेको छ । कामदार निकालेसँगै किट बनाउने कारखानामा आइतबार झडप भएको छ । आन्दोलनकारीले प्रहरीमाथि औषधिको बक्स फालेका छन् ।

व्यक्तिहरू कामबाट निकालिएको र तलब नपाएकोमा आक्रोशित थिए । विरोध गर्दा प्रहरीले उनीहरूलाई रोकेपछि हिंसात्मक झडप भएको थियो ।

रोयटर्सका अनुसार चोङकिङ सहरमा कोभिड टेस्ट किट बनाउने जेबियो कम्पनीले धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको छ र तलबसमेत दिएको छैन।

यसपछि कारखाना बाहिर प्रदर्शनकारीको सुरक्षाकर्मीसँग झडप भएको थियो । सामाजिक सञ्जालमा हिंसाका भिडियो भाइरल भइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x