२६ श्रावण २०८३, मंगलवार

फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार

एसीपी संवाददाता

२७ पुष २०७९, बुधबार ०९:३५ मा प्रकाशित

चीनले दक्षिण कोरिया र जापान यात्रा गर्ने यात्री माथि प्रतिबन्ध लगाउने भएको छ ।

चीनले कोरिया र जापानका नागरिकलाई छोटो अवधिको भिसा जारी गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि दुवै देशले चीनबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका थिए । यो निर्णयलाई चीनको बदलाको रूपमा हेरिएको छ ।

यता फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार गरेको छ ।

सोमबार कम्पनीका प्रमुख कार्यकारी अल्बर्ट बुर्लाले चीनलाई कोरोनाको औषधि प्याक्सोभिड बनाउन लाइसेन्स नदिने बताएका थिए ।

एक कार्यक्रममा बोल्दै उनले कोरोनाको औषधिको मूल्यबारे चीनसँग सम्झौता हुन नसक्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x