२५ श्रावण २०८३, सोमबार

कोरानाकाे नीतिमा परिवर्तन गरेसँगै नागरिकलाई सहज

एसीपी संवाददाता

३० पुष २०७९, शनिबार ०८:५९ मा प्रकाशित

एजेन्सी । चीनले नयाँ वर्षको उपलक्षमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनाएकाे छ ।

गत वर्ष महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिवन्धहरुका कारण आलोचना खेपेको चीनमा यस वर्ष भने प्रतिवन्धहरुप्रति आम मानिसको मानसिकता परिवर्तन भएको हाे । नयाँ वर्ष नजिकिएसँगै कामको सिलसिलामा घर बाहिर रहेकाहरु पारिवारिक जमघटमा भेला हुन थालेको बीबीसीले जनाएको छ ।

गत वर्ष विमानस्थल लगायत सार्वजनिक स्थानहरुमा गरिएको कडाइले आम सर्वसाधारणले सास्ती व्यहोरेका थिए । महामारीका कारण विगतका वर्षहरुमा बिरामी अस्पतालमा उपचार नपाएपनि यस वर्ष कुनै समस्या नभएको जनाएकाे छ । सरकारले शून्य कोभिडको नीतिमा परिर्वतन गरेसँगै आम सर्वसाधारणले सहज महसुस गरेको छन् ।

विगतका वर्षहरुमा कोरोना महामारीबाट मृत्यु भएकाहरुको संख्या लुकाएको भन्दै चीनको सर्वत्र आलोचना भएको थियो । केही समय यता चीनमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै विश्वभर सतर्कता अपनाउन थालिएको छ । चीन भ्रणम गरेका आफ्ना नागरिकमाथि विभिन्न देशले चेकजाँच र चिकित्सकको निगरानी बढाउन थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x