२७ श्रावण २०८३, बुधबार

चीनमा स्वास्थ्य सुविधा कटौति विरूद्ध ज्येष्ठ नागरिकहरूको प्रदर्शन

एसीपी संवाददाता

५ फाल्गुन २०७९, शुक्रबार ०८:०० मा प्रकाशित

एजेन्सी । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।

वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सरकार विरोधी प्रदर्शन विरलै हुने चीनमा केही महिना अघि कठोर कोभिड नीति विरुद्ध देशब्यापी प्रदर्शन भएको थियो भने अहिले ज्येष्ठ नागरिकहरू सडकमा उत्रिएका छन् ।

कोभिडबाट ठूलो संख्यामा मानिसहरू प्रभावित भएपछि चीनका विभिन्न प्रान्तीय सरकारहरूले स्वास्थ्य वीमामा कडाई गरेका थिए भने सरकारी सेवा निवृत्तहरूले पाउने स्वास्थ्य सुविधा पनि कटौती गरिएको छ ।

प्रदर्शनमा उत्रिनेहरूमा फलाम तथा स्टिर उद्योगबाट सेवा निवृत्त कामदारहरू रहेका छन् । ज्येष्ठ नागरिकहरूको प्रदर्शनलाई तीन वर्षदेखिको कोभिड समस्याले चिनियाँ समाजमा पारेको असरको रुपमा विश्लेषण गरिएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x