१० कार्तिक २०८३, सोमबार

मधेशको जनतालाई मुख्यमन्त्रीका कर्मचारीले गरेको ठगि

एसीपी संवाददाता

२८ चैत्र २०७९, मंगलवार १७:३१ मा प्रकाशित

जनकपुर : मधेस प्रदेशको चर्चित अभियान बेटी पढाउ, बेटी बचाउ कार्यक्रम नै भ्रष्टाचारको अखडा बन्यो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसालसमेत ६ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको थियो।

कक्षा ८ का छात्राका लागि साइकल खरिद गर्दा कम्पनी नखुलाई खरिद गरेर तीन महिनादेखि गोदाममा राखेको र  यस विषयमा अनुसन्धान हुँदा साइकल खरिद प्रक्रिया सुरु भएदेखि भुक्तानी गर्दासम्म कर्मचारी र साइकल आपूर्तिकर्लाले बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएको थियो।

सचिव भुसाललाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ बिगोबमोजिमको जरिवाना र कैद सजाय माग गरिएको थियो। अन्यलाई पनि बिगो र कैद सजाय माग गरिएको थियो। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x