२८ कार्तिक २०८३, शुक्रबार

विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

एसीपी संवाददाता

९ जेष्ठ २०८०, मंगलवार ०६:५८ मा प्रकाशित

नेपालगन्ज ।  नेपाल क्रिकेट संघले जिम्बावेमा हुने विश्वकप छनोटका लागि आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

प्रारम्भिक २२ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् ।

त्यस्तै टोलीमा भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

यस टोलीले आगामी जुन १८ देखि जुलाई ९ सम्म  जिम्बावेमा हुने एक दिवसीय क्रीकेट विश्वकप छनौट खेल्ने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x