७ कार्तिक २०८१, बुधबार

नेपाल मेडिकल कलेजको आन्दोलन यथावत

एसीपी संवाददाता

२ असार २०८०, शनिबार ०७:३३ मा प्रकाशित

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा तोडफोड गर्ने माथि कारबाही नभएसम्म आफ्ना ओपिडी (बहिरंग) सेवा बन्द गर्ने भएको छ।

घटना भएको तेस्रो दिनसम्म पनि दोषी माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ। हालसम्म दोषी माथि कारबाही नभएकाले आन्दोलन जारी राख्नु परेको अस्पतालका चिकित्सक डा चन्द्रिका शाहले बताउनुुुभयो ।

गत जेठ २८ गते भर्ना भई उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले गएको मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस र हुलहुज्जत गरी अस्पताल तोडफोड गरेका थिए।

त्यसलगत्तै अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको थियो। गत बुधबारदेखि चिकित्सकहरु अस्पतालको ओपिडी अगाडी धर्ना बसिरहेका छन्।

अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरुलाई कुटपिट गर्ने अप्रिय शब्दहरु प्रयोग गरी अस्पताल सुचारु हुन नदिई सेवा अवरुद्ध गरिएको अस्पतालले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x