१७ श्रावण २०८३, आईतवार

टिभिएसमा स्क्र्याच ज्याकपट’ नाममा नयाँ अफर

एसीपी संवाददाता

२६ श्रावण २०८०, शुक्रबार ०४:५० मा प्रकाशित

टीभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले ‘स्क्र्याच ज्याकपट’ नाममा नयाँ अफर ल्याएको छ । सो ब्रान्डका तीनवटा बाइकलाई लक्षित गरि ल्याइएको अफर अन्तर्गत ग्राहकले स्क्र्याच मार्फत १५ हजारदेखी १ लाखसम्म नगद छुट र एक्सचेन्जमा पनि १५ हजारदेखी १ लाखसम्म नै अतिरिक्त मूल्यांकन पाउनेछन् ।

आरटीआर १६० फोरभी विएस६, आरटीआर २०० फोरभी विएस६ आरटिएफआई र एनटर्क सुपर स्क्वाड एडिसनमा अफर लागु हुने कम्पनीले जनाएको छ । साथै ग्राहकले सून्य प्रतिशत व्याजदर र २५ प्रतिशत डाउनमेन्ट सुविधामा समेत यी बाइक खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार अफर सिमित अवधीका लागि ल्याइएको हो ।

जगदम्वा मोटर्सले आरटीआर १६० फोरभी विएस६ को मूल्य ३ लाख ९३ हजार, आरटीआर २०० फोरभी विएस६ आरटिएफआईको ४ लाख २५ हजार र एनटर्क सुपर स्क्वाड एडिसनको २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । नेपालअटो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x