९ कार्तिक २०८३, आईतवार

चन्द्रयान–३ को चन्द्रमामा सफ्ट ल्याण्डिङका भारतमा देश भरी प्रार्थना

एसीपी संवाददाता

६ भाद्र २०८०, बुधबार १३:११ मा प्रकाशित

नईदिल्ली  – चन्द्रयान–३ को चन्द्रमामा सफ्ट ल्याण्डिङका लागि काउन्टडाउन सुरु भएको छ ।  चन्द्रयान-३ जुलाई १४ मा भारतको श्रीहरिकोटा, आन्ध्र प्रदेशको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो र बुधबार (अगस्ट २३, २०२३) साँझ ६:  मा पर्खिरहेका छौं।  चन्द्रयान-३ ले चन्द्रमाको अध्ययन गर्न चन्द्रमामा १४ दिन (जुन एक चन्द्र दिन बराबर) बिताउनेछ।  चन्द्रयान–२ असफल भएको चार वर्षपछि २०१९ मा चन्द्रयान–३ प्रक्षेपण गरिएको थियो ।  अघिल्लो मिसनका असफलताहरूलाई ध्यानमा राख्दै, यसमा विशेष परिवर्तनहरू गरियो र आज ISRO ले पूर्ण आत्मविश्वासका साथ आफ्नो सफल अवतरणको कुरा गरेको छ।  पहिलो पटक कुनै देशले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्ने भएको छ ।  भारतले केहि दिन पहिले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार ६ बजेर ४ मिनेटमा भारतियमा चन्द्रमाको सतहमा सफल अवतरण गर्ने भारतिय आन्तरिक्ष संस्था ईसरोले संचार माध्यमलाई जनाएको छ ।

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको हो ।

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।

अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x