९ कार्तिक २०८३, आईतवार

अवैध सुन प्रकरणमा राहुल महरालाई पाँच दिन हिरासत

एसीपी संवाददाता

१३ भाद्र २०८०, बुधबार १९:२९ मा प्रकाशित

काठमाडौँ । अवैध सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज दिउँसो पक्राउ परेका महरालाई बिहीबार सार्वजनिक बिदा भएका कारण प्रहरीले म्याद थपका लागि आजै अदालतमा पेस गरेको थियो । अदालतले महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

इलेक्ट्रिक सिगरेट ‘भेप’ मा राखेर तस्करी गरिएको सुन ९ किलो भन्दा धेरै भएको अनुसन्धानको ठहर छ । चिनियाँ तस्करमार्फत आएको सुन छुटाउनका लागि राहुलले सयौँ पटक भन्सारका कर्मचारी र चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएको थियो ।

यो प्रकरणमा पूर्वसभामुख महराकोसमेत फोन सम्पर्क देखिएको छ । उनलाई भने अझै पक्राउ गरिएको छैन ।

यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कसैलाई पनि नछाड्ने बताइसकेका छन् । हाम्रोकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x