३० श्रावण २०८३, शनिबार
एसिया कप: सुपर फोरमा आज पाकिस्तान र भारत खेल्दै
काठमाडौं । आज भारत र पाकिस्तान एसिया कपको सुपर फोरमा भिड्दै छन् ।
आज दिउँसो सवा ३ बजे नेपाली समय अनुसार भारत र पाकिस्तानको श्रीलंकाको आर प्रेमदासा स्टेडियममा सुपर फोरको खेल हुनेछ।
पाकिस्तानले दोस्रो सुपर फोर खेल भारतसंग आज खेल्दैछ। यसअघि पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बुधबार बंगलादेशलाई ७ विकेटले पराजित गरिसकेको छ।
सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ। यसअघि समूह ए अन्तर्गत समूह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द हुँदा १/१ अंक बाँडेका थिए ।
सुपर फोरको खेल अन्तर्गत पाकिस्तान र श्रीलंकाको समान २/२ अंक छ।
Subscribe
Login
0 Comments


