७ कार्तिक २०८१, बुधबार

एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्ने

एसीपी संवाददाता

३१ भाद्र २०८०, आईतवार ०८:३८ मा प्रकाशित

काठमाडौँ– एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका फाइनल खेल खेल्दैछन् ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा भारत आठौँ पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ भने श्रीलंका सातौँ पटक उपाधि जित्ने योजनामा छ । 

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । 

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। जसमा भारत ५ र श्रीलंकाले ३ पटक उपाधि जितेका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x