२८ कार्तिक २०८३, शुक्रबार

पाकिस्तानलाई पराजित गर्दै भारतले जित्यो साफ यू १९ च्याम्पियनसिपको उपाधि

एसीपी संवाददाता

१३ आश्विन २०८०, शनिबार २०:१६ मा प्रकाशित

काठमाडौंमा सम्पनन यू १९ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित उपाधि उचालेको हो ।

भारतलाई च्याम्पियन बनाउन दशरथ रंगशालामा मालिङथन किप्गेनले २ गोल र गोगमसर गोयारीले एक गोल गरे । यसअघिको संस्करणको उपाधि पनि भारतले जितेको थियो । भारत तेस्रोपटक यू–१९ साफ च्याम्पियन बनेको हो ।

उता पहिलोपटक यू १९ सफा च्याम्पियनसिप खेलेको पाकिस्तान भने पहिलोपटक नै उपविजेता बनेको हो । नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

यू–१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो डेब्यू खेल हो । डेब्यू खेलमै ऊ फाइनल पुग्न सफल भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x