३० श्रावण २०८३, शनिबार

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारतबिचको खेल सुरु

एसीपी संवाददाता

१६ आश्विन २०८०, मंगलवार ०८:०९ मा प्रकाशित

काठमाडौं । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

चीनको ह्याङचउस्थित चेचियाङ प्राविधिक विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । टस जितेको भारतले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।

एसियाडको क्वाटरफाइनल ड्र मा नेपालको प्रतिद्धन्दी भारत तय भएको हो । नेपालका कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ड्र निकाल्दा भारतको चिट निकालेका थिए । भारतीय टीमको नेतृत्व ऋतुराज गायकवाडले गर्दैछन् ।

समूह चरणको दुवै खेलमा शानदार जितसहित क्वार्टरफाइनलमा पुगेको नेपालले सेमिफाइनलका लागि भारतसँग खेलिरहेको छ । नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सविरुद्ध सानदार जित निकालेको थियो । केही साताअघि सम्पन्न एसिया कप क्रिकेटमा पनि नेपालले भारतसँग खेलेको थियो । त्यतिवेला नेपालले एक दिवसिय खेल खेलेको थियो भने यो खेल ट्वेन्टी ट्वेन्टी हुनेछ ।

भारतको पहिलो रोजाईको टोली यतिवेला विश्वकप क्रिकेटको तयारीमा रहेकोले एसियन गेम्समा भारतले आफ्नो दोस्रो रोजाईको टोली अर्थात ‘भारत–ए’ पठाएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x