३० श्रावण २०८३, शनिबार

इजरायलमा फुटबल खेल्न गएकी सावित्रा भण्डारी गएराति स्वदेश फिर्ता

एसीपी संवाददाता

२५ आश्विन २०८०, बिहीबार ०८:४० मा प्रकाशित

काठमाडौं : इजरायलमा व्यावसायिक फुटबल खेल्न गएकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारी स्वदेश फिर्ता भएकी छन्। इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्न गएकी उनी गएराति स्वदेश फर्किएकी हुन्। भण्डारीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएकाले उनी नेपाल फर्किएकी हुन्।

nullतस्बिर : सावित्रा भण्डारीको फेसबुकबाट

काठमाडौं अवतरणपछि उनले इजरायलबाट सकुशल नेपाल आइपुगेँ भनेर फेसबुकमार्फत जानकारी दिएकी छन्।

भण्डारीलाई साउन ३ गते खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका थिए।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छन्। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x