३१ श्रावण २०८३, आईतवार

बिश्वकप २०२३ = भारत सङ पाकिस्तान पराजित

एसीपी संवाददाता

२७ आश्विन २०८०, शनिबार १८:०५ मा प्रकाशित

एजेन्सी –  “विश्वकप 2023: आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तान विरुद्ध भारतको अजेय रथ जारी छ। विश्वकप 2023 मा भारत र पाकिस्तान बीचको खेल शनिबार  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो। यो खेलमा, भारतीय टोलीले ३०.३ ओभरमा ७ विकेटले जित हात पारेको थियो ।

विश्वकपको इतिहासमा भारत र पाकिस्तानबीच अहिलेसम्म ८ खेल भइसकेका छन् ।  हरेक पटक भारतीय टोलीले जितेको छ ।  अर्थात् पाकिस्तानी टोलीले एकदिवसीय विश्वकपमा भारतविरुद्धको एक खेल पनि जित्न सकेको छैन ।  यसपटक बाबर आजमको कप्तानीमा जितको केही आशा थियो तर टोलीको अवस्था अपेक्षा विपरीत भयो ।

 यस अघि  पाकिस्तानले आज बिश्व कपमा भारत लाई १ सय ९१ रन झिनो लक्ष्य दिएको थियोे ।  अब भारतीय टोलीलाई खेल जित्न १९२ रनको सजिलै रूपमा प्राप्त गर्‍यो ।  पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रनको इनिङ खेले ।  भने मोहम्मद रिजवानले ४९ रन बनाए ।  भारतका लागि फास्ट बलर मोहम्मद सिराज, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए ।

यी दुई चिर प्रतिद्वन्द्वी टोली यसअघि एकदिवसीय विश्वकपमा सात पटक आमनेसामने भएका छन् ।  सात पटक भारतीय टोलीले पाकिस्तानलाई नराम्रोसँग पराजित गरेको छ ।

दुई देशबीचको यो समग्रमा १३५ औं एकदिवसीय खेल हो ।  यसअघि दुई देशबीच १ सय ३४ खेल भइसकेका छन् ।  भारतले ५६ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ ।  विशेष कुरा के छ भने एकदिवसीय विश्वकप क्रिकेटमा जहिले पनि दुबै देश आमनेसामने भएका छन्, सातै पटक भारतले पाकिस्तानलाई नराम्रोसँग पराजित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x