२८ कार्तिक २०८३, शुक्रबार

बिश्वकप क्रीकेट २०२३ मा – न्युजिल्यान्डले दियो भारतलाई २ सय ७४ रनको लक्ष्य

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार १८:२६ मा प्रकाशित

बिकास  खडका –   विश्वकप २०२३:  न्युजिल्यान्डले  पहिले ब्याटिङ गर्दै  २ सय ७३ रन बनाएको छ । अब भारतीय टोलीलाई खेल जित्न २७४ रनको लक्ष्य छ।  न्युजिल्याण्डका लागि ड्यारेल मिचेलले १२७ बलमा १३० रनको शतक खेलेका थिए ।  रचिन रविन्द्रले ८७ बलमा ७५ रन बनाए ।  ग्लेन फिलिप्सले २३ रन बनाए ।  उनी बाहेक अरु कुनै ब्याट्सम्यानले २० रनको अंक छुन सकेनन् ।  भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए ।  कुलदीप यादवले २ विकेट लिए ।  बुमराह र सिराजले १–१ विकेट लिए ।

क्रिकेट विश्वकप २०२३ को शीर्ष दुई टोलीबीच भारतको हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियममा मैच भैइरहेको छ ।  विश्वकपमा दुवै टोलीले ४–४ खेल जितेका छन् ।  यस मैदानमा २०१६ मा भारत र न्युजिल्याण्ड पनि खेलेका थिए, जहाँ भारतले जित हात पारेको थियो ।  दुवै अहिले विश्वकपमा विजयी रथमा सवार छन् ।  यो खेल जित्ने टोलीले १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहनेछ र सेमिफाइनलको निकै नजिक हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x