पाकिस्तान ८ विकेटले पराजित , अफगानी पठानहरुले रचे ईतिहास

पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अफगानिस्तानले इतिहास रच्यो । यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै ठूलो रेकर्ड बनाएको थियो । अब बाबर आजमको टोली पाकिस्तान सजिलै पराजित भएको छ । अफगानिस्तानलाई २८३ रनको लक्ष्य पाकिस्तानले दिएको थियोे । अफगानिस्तानले ४९ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । योसँगै अफगानिस्तानले यो जितपछि अंक तालिकामा ठूलो फड्को मारेको छ । यस खेलअघि अफगानिस्तानको टोली अंक तालिकाको अन्तिम स्थानमा थियो तर अब छैटौं स्थानमा पुगेको छ ।
पाकिस्तानको २८२ रनको जवाफमा अफगानिस्तानको टोली ब्याटिङमा उत्रिएको थियो । अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाज र इब्राहिम जाद्रानबीच १३० रनको साझेदारी भयो । रहमानउल्लाह गुरबाज ५३ बलमा ६५ रन बनाएर शाहिन अफ्रिदीको शिकार बने । उनले आफ्नो पारीमा ९ चौका र १ छक्का प्रहार गरे । इब्राहिम जाद्रानलाई हसन अलीले आउट गरेका थिए । इब्राहिम जाद्रानले ११३ बलमा ८७ रनको उत्कृष्ट इनिङ खेले । उनले आफ्नो पारीमा १० चौका प्रहार गरे । अफगानिस्तानलाई दोस्रो झटका १९० रनको स्कोरमा परेको थियो ।
यसपछि अफगानिस्तानको कप्तान हसमतुल्लाह शाहिदी र रहमत शाहले जिम्मेवारी लिएका थिए । दुई खेलाडीबीच ९६ रनको साझेदारी भयो । रहमत शाहले ८४ बलमा ७७ रन बनाए । उनले आफ्नो इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरे । अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिदीले ४५ बलमा ४८ रनको इनिङ खेले । उनले आफ्नो पारीमा ४ चौका प्रहार गरे ।
पाकिस्तानका लागि शाहिन अफ्रिदी र हसन अलीले १–१ गोल गरे । तर, यसबाहेक पाकिस्तानका बाँकी बलरले निराश बनाए । हरिस रउफ, उसामा मीर, शादाब खान र इफ्तिखार अहमदले कुनै सफलता पाउन सकेनन्। पाकिस्तानी बलरविरुद्ध अफगानिस्तानका ब्याट्सम्यानले सहजै रन बनाएरका छ्न ।