१२ मंसिर २०८०, मंगलवार
न्यूजिल्याण्डका खेलाडीहरु दलाई लामा संग भेटघाट गरे

धर्मशाला, एजेन्सी । हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरुको पवित्र स्थलमा गएर न्यूजिल्याण्ड क्रिकेट टिमका प्रमुख खेलाडीहरु दलाई लामा संग भेटघाट गरेका छन् ।
विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत २२ अक्टुबरमा हिमाचलको धर्मशालामा भएको भारत न्यूजिल्याण्ड म्याच पछि तिब्बती धर्म गुरु दलाई लामा संग उहाँकै निवास स्थलमा गएर कप्तान केन विलियमसन सहितका न्यूजिल्याण्डका खेलाडीहरुले विशेष भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा परम पावनका पुस्तकहरुको लागि आफनो प्रशंसा गर्दै उनीहरुको तस्वीरलाई सझा गरिएको एक एक्स ट्वीटरको माध्यमबाट जानकारी दिइएका छन् । सुक्लाङकाङमा उनी संग अन्तरक्रिया गर्ने र तिब्बतीहरुको वर्तमान अवस्था वारे संक्षिप्त छलफल गर्ने अवसर प्राप्त भएको जनाइएको छ ।
श्रोतः एक्स ट्वीटर

Subscribe
Login
0 Comments