३० श्रावण २०८३, शनिबार

भारतीय टीमको लगातार जितमा ड्रे‍सिङ रुमको भूमिका के छ ?

एसीपी संवाददाता

१२ कार्तिक २०८०, आईतवार १३:४१ मा प्रकाशित

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले आज आइतबार दिउँसो डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डसँग खेल्दै छ ।

लखनउमा हुने यो खेलअघि भारतले खेलेका सबै ५ खेल जितेको छ । जबकी इंग्ल्याण्डले खेलेका ५ मध्ये ४ खेल हारेको छ ।

जारी विश्वकपमा भारतको अहिलेसम्मको प्रदर्शन सानदार छ । यस्तै प्रदर्शन उसले यसअघि सन् २०११, २०१५ र २०१९ को विश्वकपमा पनि गरेको थियो ।

यी तीनवटै संस्करणमा भारत लिग चरणमा सानदार प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको थियो ।

सन् २०११ को फाइनल जिते पनि त्यसपछिका दुई संस्करणमा भारत नक आउट चरणकै पहिलो खेल अर्थात सेमिफाइनलमै पराजित भएर विश्वकपबाट बाहिरिएको थियो ।

ड्रेसिङ रुम

पछिल्ला केही प्रतियोगितामा भारतको ड्रेसिङ रुममा खास परिवर्तन देख्न सकिन्छ ।

गत सेप्टेम्बरमा श्रीलंकामा भएको एसिया कप क्रिकेटमा भारतको ड्रेसिङ रुममा एउटा सिलसिला सुरु भएको थियो । जुन सिलसिला जारी विश्वकपमा पनि चलिरहेको छ ।

त्यो सिलसिला हो खेलपछि ड्रेसिङ रुममा पुगेर राम्रो तथा खराब प्रदर्शनको प्रतिक्रिया सम्बन्धित खेलाडीलाई दिने, उनका बारेमा केही शब्द बोल्ने र राम्रो गर्ने खेलाडीलाई मेडल दिने ।

यो कामका लागि भारतीय प्रशिक्षक राहुल द्रबिडले हैदरावादका जन्मेका र बैंगलुरुमा हुर्के बढेका र पढेका टी दीलिपलाई । दीलिप भारतीय टिमका फिल्डिङ कोच पनि हुन् ।

खेलपछि उनले सबै खेलाडीलाई ड्रेसिङ रुममा जम्मा गर्छन् र खेलका क्रममा भए गरेका खास खास प्रदर्शनबारे खेलाडीलाई फिडब्याक दिन्छन् ।

उदाहरणका लागि धर्मशालामा न्यूजिल्याण्डलाई ४ विकेटले हराए पछि उनले ड्रसिङ रुममा भारतीय खेलाडीलाई जम्मा गरेर भने, ‘राम्रो फिल्डिङले न्यूजिल्याण्डको १४ रन रोकियो ।’

नकआउट स्टेज

इंग्ल्याण्डका पूर्वक्रिकेटर तथा बीबीसी टीएमएस ब्रोडकास्ट टिमका सदस्य जोनाथन एगन्यूका अनुसार ड्रेसिङ रुममा जे हुन्छ त्यो मैदानमा खेलाडीको अनुहारमा झल्कन्छ ।

‘क्लाइव लोएड तथा विव रिचर्डसको पालाको वर्ल्ड चैम्पियन वेस्ट इण्डिज टिमलाई याद गर्नुहोस्,’ एगन्यूले भने, ‘उनीहरुको ड्रेसिङ रुपमा सबै जना दाजुभाइ जसरी मिलेर रमाइलो गर्थे, टेष्ट क्रिकेट होस् वा एक दिवसीय क्रिकेट मैदानमा उनीहरुलाई एकजुट देखेर विपक्षी टिम दबाबमा रहन्थे ।’

‘भारतीय खेलाडीमा पनि अहिले एकजुटता देखिएको छ, त्यसैले त जसप्रित बुमराहले मोहमद सामीको काँधमा हात राखेर मस्ती गरेको भिडियो देखिन्छ, विराट कोहलीले खेल जिताएपछि रोहित शर्माले दौडिएर गएर उनलाई अँगालो हाल्छन्’, एगन्यू भन्छन् ।

हालैका दिनमा भारतीय क्रिकेट खेलाडी खेल्नका लागि तयार हुन जतिखेर ड्रेसिङ रुममा पुग्छन्, भित्ताहरुमा ए फोर साइजको कागजमा ‘यू अर द बेष्ट’ तथा ‘क्रिकेट इज माइ फस्ट लभ’ जस्ता उद्गारहरु लेखेर टाँसिएको पाउँछन् ।

मिडडे अखबारका लागि जारी विश्वकप कभर गरिरहेका टाइम्स अफ इण्डियाका पूर्वक्रिकेट विश्लेषक सन्तोष सुरीलाई लाग्छ, ‘नकआउट स्टेजमा खेल जित्नका लागि मुड ठिकठाक हुनु पर्छ, आफैं पूर्वखेलाडी रहेका प्रशिक्षक राहुल द्रबिडले यसलाई राम्ररी सम्झने छन् ।’

सन् २०२१ मा पूर्वप्रशिक्षक रवि शास्त्रीबाट भारतीय क्रिकेट टिमको जिम्मा लिने बेला राहुल द्रबिडले भनेका थिए, ‘खेलाडीको मानसिक तथा शारीरिक स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुन्छ, व्यावसायिक फुटबलमा जस्तै खेलाडीको बोझलाई सही तरिकाले व्यवस्थापन गर्नु पर्छ ।’

धर्मशालामा न्यूजिल्याण्डसँगको खेल जितेपछि भारतीय टिमको व्यवस्थापनले थप एक दिन धर्मशालामै बस्ने निधो गर्‍यो । खेलाडीलाई रिल्याक्स गराउन यसो गरिएको थियो ।

धर्मशालामा त्यो छुट्टीको दिन राहुल द्रबिड, ब्याटिङ कोच बिक्रम राठौर र फिल्डिङ कोच  दीलिप पैदल यात्रामा निस्किए ।

खेलाडीलाई नदीमा गएर पौडी खेल्न र रमाइलो गर्न अनुमति दिइयो । आफूहरुलाई घाउ चोट लाग्नबाट बचाउँदै खेलाडीले खुब मस्ती पनि गरे ।

विराट कोहलीले पाहुना बनेर एउटा अनाथालयमा पुगेर बालबच्चासँग समय विताए ।

जानकारहरूका अनुसार नकआउट स्टेज जित्नका लागि खेलाडीलाई मानसिक रुपले तयार पार्न यस्ता गतिविधिको आवश्यकता हुन्छ ।

इंग्ल्याण्डसँगको खेल

विश्वकप सुरु हुनुअघि भारत र इंग्ल्याण्डबीचको खेललाई फाइनल स्तरको खेल मानिएको थियो । तर खेल हुने दिनसम्म आइपुग्दा यो खेल सबैभन्दा बलियो र सबैभन्दा कमजोर टिमबीचको प्रतिस्पर्धा बनेको छ ।

खेलेका सबै ५ खेल जित्ने अपराजित भारत र ५ खेलमा बंगलादेशलाई मात्र हराउने इंग्ल्याण्डले अफगानिस्ता र श्रीलंकासँग पनि हार बेहोरेको छ ।

इंग्ल्याण्डका सहायक प्रशिक्षक मार्कस ट्रेसकोथिक भन्छन्, ‘स्थिति साह्रै निराशाजनक भएको छ, हामीसबै यसबाट दुखी छौं, तर पनि हामीले के गर्न सक्छौं र ? हामीले हरेक खेलका लागि पहिलाकै जस्तो तयारी गर्छौं ।’ बिबिसी हिन्दी बाट अनलाइनखबरमा प्रकाशित

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x