३० श्रावण २०८३, शनिबार

इङ्ल्यान्डको टोली १२९ रनमा सिमित, भारतको जित

एसीपी संवाददाता

१२ कार्तिक २०८०, आईतवार २२:०५ मा प्रकाशित

बिकास खडका –  मोहम्मद शामी, जसप्रित बुमराह र कुलदीप यादवको घातक बलिङको मद्दतले भारतले साविक विजेता इंग्ल्याण्डलाई कम स्कोरको खेलमा १०० रनले पराजित गरेको छ ।  लखनउको स्लो पिचमा पहिले खेल्दै भारतले २२९ रन बनाएको थियो ।  जवाफमा इङ्ल्यान्डको टोली १२९ रनमा सिमित भयो ।

भारतको जितका नायक बने फास्ट बलर मोहम्मद शामी र जसप्रित बुमराह ।  कम स्कोरिङ खेलमा दुवैले इंग्ल्याण्डको शीर्ष क्रम ध्वस्त पारेका थिए ।  शमीले चार विकेट लिए ।  जबकि बुमराहले तीन इंग्लिस ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए ।

भारतले दिएको २३० रनको मामूली लक्ष्य पछ्याएको इंग्ल्याण्डले पहिलो दुई ओभरमा बिना विकेट १७ रन बनाएको थियो ।  त्यसपछि इङ्ल्यान्डले यो लक्ष्य सजिलै हासिल गर्ने  लाग्यो , तर पाँचौं ओभरमा ३० रनको कुल स्कोरमा जसप्रित बुमराहले डेभिड मलानलाई आउट गरेर इंग्ल्याण्डलाई पहिलो झटका दिएका थिए।  बुमराहले अर्को बलमा जो रुटलाई पनि आउट गरे।  यसरी इंग्ल्याण्डले ३० रनमा दुई विकेट गुमाएको थियो ।

त्यसपछि मोहम्मद शामीले बेन स्टोक्सलाई शून्य रनमा आउट गर्दै इंग्ल्याण्डको कमर तोड्यो ।  त्यसपछि शमीले बेयरस्टोलाई पनि बोल्ड गरे ।  यसरी बिना विकेट ३० रन बनाएको इंग्ल्याण्डले ३९ रनमा चार विकेट गुमाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x