३० श्रावण २०८३, शनिबार

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

एसीपी संवाददाता

१४ कार्तिक २०८०, मंगलवार १८:१६ मा प्रकाशित

काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ ।

मंगलबार काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । समूह ’ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै, कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । पहिलो खेलमा नेपालले सोमबार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो ।

अब नेपालले बिहीबार ओमानसँग खेल्ने छ । यसअघि आजै भएका अन्य खेलमा ओमान र बहराइन विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x