३१ श्रावण २०८३, आईतवार
युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य
युएईले नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अन्तिम ओभरमा कुशल मल्ले व्रितिया अरविन्द र आयान खानको विकेट लिएपछि युएईले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनायो।
यसअघि दसौँ ओभरको अन्तिम बलमा यूएईको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने यूएईका एक खेलाडी रनआउट भए । कामीले खतरनाक अन्दाजमा खेलिरहेका मोहम्मद वासिमको विकेट झारेका हुन् । उनले खालिद साहलाई पनि रनआउट गरे ।
यो समाचार तयार पार्दासम्म १४ ओभरको खेल सकिँदा यूएईले चार विकेट गुमाएर ९० रन बनाएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो । नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाएका थिए ।
आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने भएका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ ।
Subscribe
Login
0 Comments


