३१ श्रावण २०८३, आईतवार

आज ओमानसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार ०९:३० मा प्रकाशित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल आज विहान ११ बजे सुरु हुनेछ। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ। नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो।

२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो। त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल र ओमानबीच पहिलो ट्वेन्टी–ट्वेन्टी २०१९ को अक्टोबरमा भएको थियो। ओमानमा भएको खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो।

यसैबीच, नेपाल क्रिकेट संघ क्यानले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।

संघका सचिव पारस खड्काले अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने र त्यसको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने जानकारी दिएर फाइनल खेलको टिकटको मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ। सिएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x