२ भाद्र २०८३, मंगलवार

एमडिएमएस आजबाट लागु, अवैध मोबाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार ०८:३६ मा प्रकाशित

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर आजबाट पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले पटक पटक सञ्चालनको घोषणा गरिएको एमडिएमएस परीक्षणको एक वर्षपछि प्राधिकरणले सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवा प्रदायकलाई जानकारी गराइ सकिएको प्राधिकरणकले जनाएको छ ।

प्राधिकरणले एमडिएमएस लागु गर्नु पूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो । आजबाट पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्न सेवा प्रदायकलाई प्राधिकरणले निर्देशन गरेकोले अब देखि हरेक दिन दर्ता नभएका अवैध मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।

प्राधिकरणका अनुसार गत वर्ष असोज यता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । त्यसका लागि प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको भन्दै प्रणालीमा दर्ता गराउन आग्रह गरेको छ । बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्ता पूर्व प्रणालीमा दर्ता भए÷नभएको यकिन गर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x