बिश्व कप सेमिफाइनल भारतले दियो ३ सय ९८ को लक्ष्य
विराट कोहलीको ५० औं ओडीआई शतकः सचिन तेन्दुलकरको अगाडि झुके, श्रीमती अनुष्का शर्मालाई दिए फ्लाइङ किस,
एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेका छन् । कोहलीले मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्याण्ड विरुद्ध ११३ बलमा ११७ रनको ज्वलन्त पारी खेलेका थिए र एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने सचिन तेन्दुलकरको ऐतिहासिक कीर्तिमान तोडेका थिए । यसै क्रममा कोहलीकी पत्नी अनुष्का शर्माले फ्लाइङ किस गरिन् ।: विराट कोहलीले भारतले आयोजना गरिरहेको ODI विश्वकप २०२३ मा धमाका मच्चाएका छन्। विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल बुधबार आज भारत र न्युजिल्याण्डबीच भएको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको उक्त खेलमा कोहलीले विस्फोटक ढंगले शतक प्रहार गरेका थिए । भने अर्को ब्याटसम्यान श्रेय अय्य्ररले पनि शतक हानेका छ्न । के एल राहुल राम्रो ईनिङ खेलेकाहुन । कप्तान रोहित शर्मा बिस्फोटक ब्याटिङ बाट शुरुआत गरेका थिए ।
विराट कोहलीले ११३ बलमा ११७ रनको ज्वलन्त पारी खेल्दै एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको ऐतिहासिक कीर्तिमान तोडेका छन् । कोहलीको यो एकदिवसीय करियरको ५० औं शतक हो । यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो क्रिकेटर बने।


