शान्ति पुर्बक सम्पन्न भयो गणेश लक्ष्मि मुर्ति बिसर्जन , अगुवाहरुको सम्मान
बिकास खडका , रिसब सिंह वाडिया नेपालगन्ज = नेपालगन्ज स्थापना गरिएको गणेश लक्ष्मी मूर्ति विसर्जन शान्ति पूर्वक सम्पन्न भएको छ ।
नेपालगन्जमा बाजागाजाका साथ निकालिएको र्याली भव्यातका साथ सम्पन्न भएको हो । जय माँ ज्वाला शक्ति केंद्र स्पोर्ट क्लब लाठी समिति द्वारा लाठी पदर्शन गरिएको हो । समितिले कला सहितको विभिन्न खालकोप्रदर्सन गरेको थियो ।
जय माँ ज्वाला शक्ति केंद्र स्पोर्ट क्लब लाठी समिति का अध्यक्ष : गौरव कनोजिया , प्राशिक्षक सुरेंद्र सिंह बाडिया , सचिव , दिनेश वंशकार , द्वारा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूजन बिक्रम शाह र धार्मिक सद्भाव समिति का अध्यक्ष दीपक लोध सदस्य राज कुमार रौनियार , रबि बर्मा सहितलाई समितिले दोसल्ला ओढाई सम्मान गरेको हो । र्यालीका बेला त्रिवेणिा मोडमा सम्मानित सम्पूर्णलाई खादा ओढाएर सम्मान गरिएको क्लबले जनाएको हो ।
नेपालगन्ज शान्ति सदभावको शहर हो तर बेला बखतमा केही अराजक ब्याक्तीहरुका कारण शान्ति सदभावमा खलल पुग्ने खालका गतिविधि काम गरेको हुँदा प्रशासनले कडा निगरानी गर्दै यस्ता ब्याक्तिको पहिचान गर्दै कार्यवाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ । तस्बिर – करण वाडिया



