१७ असार २०८३, बुधबार

रेखाको कटाक्षः एउटा सानो एप बन्द हुँदा रुवाबासी गर्ने केही नेताले देश बनाउने रे !

एसीपी संवाददाता

२ मंसिर २०८०, शनिबार २३:३३ मा प्रकाशित

काठमाडौं – टिकटक बन्द भएपछि विरोधमा उत्रिएका व्यक्तिहरु प्रति अभिनेत्री रेखा थापा कटाक्ष व्यक्त गरेकी छिन् । अभिनेत्री तथा राप्रपाकी नेतृ रेखाले ट्वीटर मार्फत कटाक्ष व्यक्त गरेकी हुन् ।

उनले एक्स (पहिलेको ट्वीटर)मा लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक) ले देश बनाउने रे ।’

रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् । तयस्तै टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा हिजो (शुक्रबार) मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ । सिएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x