७ आश्विन २०८३, बुधबार

जाजरकोटका भूकम्प पीडितका लागि भारतले पठायो चौथो चरणको राहत सामग्री

एसीपी संवाददाता

६ मंसिर २०८०, बुधबार १०:५८ मा प्रकाशित

काठमाडौं । दक्षिण छिमेकी भारतले जाजरकोट भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री पठाएको छ । अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल आइपुग्यो र यी राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय दुतावासले जनाएको छ ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x