७ आश्विन २०८३, बुधबार

हमासले केही बन्धक रिहा गर्‍यो

एसीपी संवाददाता

९ मंसिर २०८०, शनिबार १०:५८ मा प्रकाशित

काठमाडौं – हमासले इजरायलमा गत अक्टोबर ७ मा बन्धक बनाएका केही इजरायली नागरिक रेडक्रसलाई सुम्पिएको छ। उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाइएको हो।

हमासको सैन्य शाखाको एक स्रोतले हस्तान्तरणको पुष्टि गर्‍दै भनेको छ–यो सम्झौता अन्तर्गत पहिलो समूह हो।

गजापट्टीमा इजरायली र हमासबीचको युद्धविराम बिहानदेखि लागू भएपछि पहिलो चरणमा शुक्रबार १३ महिला र बालबालिका बन्धक फर्किने बताइएको थियो।

इजरायलले आफ्नो जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदी (महिला र किशोर किशोरी) रिहा गर्ने तयारी गरेको छ।

हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीका अनुसार करिब एक हजार २०० व्यक्तिको हत्या गरी र करिब २४० इजरायली र विदेशी बन्धक बनाई कब्जामा लिएको थियो। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x