१३ मंसिर २०८३, शनिबार

नेपाल प्रहरीका २६ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन नआए कारबाही गरिने

एसीपी संवाददाता

१० मंसिर २०८०, आईतवार ०८:४३ मा प्रकाशित

काठमाडौं – नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६  प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजी गरिरहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार एक सुचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

जानकारीबिनै दुईरतीन महिनादेखि सम्पर्कविही भएका उनीहरुलाई पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने समेत कार्यालयले जनाएको छ।सीएननेपाल 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x